शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । लिगको दशौँ चरणअन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम दुई खेल हुन लागेका हुन् ।
पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ९ खेलमा १३ अंक जोडेर सातौं स्थानमा रहेको छ एनआरटी आज हिमालयनलाई शीर्ष पाँचमा उक्लन चाहन्छ ।
९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको हिमालयन पनि एनआरटीलाई हराएर अंक तालिका सुधार्ने प्रयासमा हुनेछ । साँझ पौने ५ बाट सुरु हुने दोस्रो खेल विभागीय टोली नेपाल एपिएफ र संकटा क्लबबीच हुनेछ ।
९ खेलमा १० अंक जोडेर नवौं स्थानमा रहेको एपिएफ संकटालाई हराएर अंक तालिका सुधार गर्ने योजनामा छ । ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको संकटा एपिएफलाई स्तब्ध पार्दै शीर्ष पाँचमा उक्लने सोचमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।