रुसले आक्रमण गर्न सक्ने भन्दै पश्चिमा देशले आफ्ना नागरिकलाई युक्रेन छाड्न गरे आग्रह
युक्रेनकाे सिमानामा रुसी सैनिक

पश्चिमी देशहरूले रुसले आक्रमण गर्न सक्ने भन्दै आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् ।

अमेरिका, बेलायत, जर्मनीलगायत एक दर्जनभन्दा धेरै देशले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

रुसले युक्रेनी सिमानामा झण्डै एक लाख सेना तैनाथ गरेको छ, तर आक्रमण गर्ने कुनै पनि योजना नभएकाे बताउँदै आएकाे छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फोनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणबारे चेतावनी दिएका छन् ।

यता, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आक्रमणको चेतावनीले मानिसहरूमा त्रास पैदा गर्न सक्ने बताएका छन् ।

ह्वाइट हाउसले आक्रमण जुनसुकै बेला हुनसक्ने र हवाई हमलाबाट सुरु हुन सक्ने चेतावनी दिएको छ ।



अमेरिकी दूतावासका अत्यावश्यक बाहेकका कर्मचारीलाई युक्रेनको राजधानी किभबाट युक्रेन छाड्न आदेश दिइएको छ ।

अमेरिकाले युक्रेनी सैनिकलाई तालिम दिने आफ्ना १५० सैनिकलाई पनि बोलाएको छ । डच मिडियाका अनुसार एक डच एयरलाइन केएलएमले युक्रेनका लागि उडानहरू स्थगित गरेको घोषणा गरेको छ ।



यता, जेलेन्स्कीले यदि पश्चिमी शक्तिहरूसँग तत्काल आक्रमण गर्न सक्ने कुनै बलियो प्रमाण छ भने युक्रेनलाई खबर गर्न आग्रह गरेका छन् ।

अस्ट्रेलिया, इटाली, इजरायल, नेदरल्याण्ड र जापानले पनि आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् । कतिपय देशले आफ्ना कूटनीतिज्ञ र उनकाे परिवारलाई पनि बाहिर निकालेका छन् ।

यसैबीच, रुसले युक्रेन मुद्दामा पश्चिमी देशहरूले युद्धको उन्माद सिर्जना गरिरहेको बताउँदै आएको छ।
 

  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ९:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया