बाँकेमा दुवै मात्राको खोप लगाएका युवकको कोरोनाबाट मृत्यु

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको खजुरा गाउँपालिका–२ बाँकेका २३ वर्षीय पुरुषको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार ती युवक गत २७ माघमा संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । मृतक युवकले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ । बाँकेमा अन्य जिल्लाबाट आएका व्यक्तिको मृत्यु हुने संख्या ४४५ पुगेको छ ।  





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १०:५८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया