प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावले मुलुक थप द्वन्द्वतिर धकेलियो : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताएका छन् । न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च भइरहेको उनको टिप्पणी छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका छन्, ‘प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ ।’

साथै, उनले स्थानीय निर्वाचन नगर्ने षडयन्त्र सुरु भएको बताए । उनले अघि भनेका छन्, ‘सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।’ 

जबराविरुद्ध ९८ सांसदले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्ताव बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारूढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । 

मन्त्रिपरिषद्‍मा भागबण्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसियसनले १०७ दिनदेखि आन्दोलन गरिरहेको छ । केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेका थिए ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १२:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया