अदालतलाई आदेश पालक बनाउने षडयन्त्रमा महाअभियोग लगाइयो : केपी ओली
फाइल फाेटाे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लगाएर सत्ता गठबन्धन षडयन्त्रमा उभिएको टिप्पणी गरेका छन् । 

आजै मात्र संसद सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध पत्र दर्ता भएपछि उनले अदालतलाई आदेश पालक बनाउने षडयन्त्रमा गठबन्धन लागेको बताए । यसले मुलुकलाई द्वन्द्वतिर लाने उनको भनाइ छ । 

महाअभियोग दर्ता भएपछि अध्यक्षज्यूको धारणा के छ ? भनेर फरकधारले राखेको प्रश्नमा उनका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘निर्वाचन घोषणा गरेको बेलामा, मुलुकलाई स्थायित्वको बाटोमो सुनिश्चित गरेर अघि बढ्नुपर्ने बेलामा परमादेशले पनि नपुगेर यस्तो गरिएको हो ।’

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘अदालतलाई आदेशपालक बनाउनका लागि षडयन्त्रमा उत्रनु एकदमै नकाम भयो भन्ने छ ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै फेरि एक पटक राजनीतिक सरगर्मी बढेको छ । 

त्यस्तै, एमाले उपाध्यक्ष सुवास नेम्वाङले यसलाई गम्भीर रूपमा पार्टीले लिएको जानकारी फरकधारलाई गराएका छन् । उनका अनुसार पार्टीमा छलफल गरेर यसबारे अघि बढ्ने एमाले रणनीति छ ।






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया