राणाविरुद्धको महाअभियोगको २१ बुँदे आरोपमा के छ ?

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध सत्तारुढ दलका ९८ सांसदहरुले २१ बुँदे आरोप लगाउँदै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

राणाविरुद्धको महाअभियोग दर्ता गर्दा लगाइएको आरोप पत्रमा राणामा न्याय सम्पादनमा नै विचलन देखिएको उल्लेख गरिएको छ ।

‘महाअभियोग लगाउनु पर्ने आधार र कारण’ भन्दै कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । उनीहरुले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न जबरा अक्षम रहेको पनि उल्लेख गरेका छन् ।

जबरामा न्यायमा विचलन देखिएको पनि आरोप लगाइएको छ ।

त्यस्तै, उनले बार्गेनिङ गरेको आरोप पनि आरोप पत्रमा लगाइएको छ । यो कुरा सार्वजनिक भइसकेकोले पनि त्यस्तो सम्मानित पदमा आसीन व्यक्तिले प्रधानन्यायाधीशको पदको घोर अपमान एवं दुरुपयोग हुने गरेको पुष्टी भएको जिकिर आरोप पत्रमा गरिएको छ ।






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया