संसद्ले प्रधानन्यायाधीशविरुद्ध महाभियोगबारे ६ निकायलाई दियो जानकारी
फाइल तस्वीर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको अभियोग पत्रबारे संसद्ले विभिन्न ६ संवैधानिक निकायलाई जानकारी गराएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध अभियोग प्रस्ताव दर्ताबारे संघीय संसद् सचिवालयले ६ निकाय तथा व्यक्तिलाई जानकारी गराइएको हो ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश जबरा संसद् सचिवालयले जानकारी गराएको हो ।

आइतबार सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध २१ बुँदे अभियोग पत्र संसद् सचिवालयमा दर्ता गराएका छन् । आइतबार दर्ता भएको अभियोग पत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् । उक्त प्रस्तावमा ९८ सांसदले हस्ताक्षर गरेका छन् ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार उनी स्वतः निलम्बित भएका हुन् । अब यो महाभियोगको टुंगो नलागेसम्म उनले कुनै पनि काम गर्न पाउने छैनन् । 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया