सर्वोच्च अदालतबाट बाहिरिए निलम्बित प्रधान्यायाधीश जबरा

नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतका परिसरबाट बाहिरिएका छन् ।

उनी केही समयअघि झण्डाबिनाको गाडी लिएर अदालत परिसरबाट बाहिरिएका हुन् । आज जबराविरुद्ध सत्तारुढका ९८ सांसदले संसद् सचिवालयमा महाअभियोग दर्ता भएपछि उनी स्वतः पदमुक्त भएका छन् । 

अब यो महाअभियोगको टुंगो नलागेसम्म उनले कुनै पनि काम गर्न पाउने छैनन् । अब सभामुखले कम्तिमा पनि सात दिनपछिका कुनै पनि बैठकमा यो महाअभियोग प्रस्ताव प्रस्तुत गर्नुपर्ने हुन्छ । 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १४:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया