जबराले बुझे महाअभियोग दर्ताको पत्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग दर्ताको पत्र बुझेका छन् । आफूमाथि लागेको महाअभियोग पत्र बुझ्न उनी अदालत पुगेका थिए । 

पत्र बुझेलगत्तै जबरा अदालतबाट बाहिरिएका छन् । सत्ता गठबन्धनका ९८ सांसदहरूले आजै जबराविरुद्ध संसद् सचिवालयमा पत्र दर्ता गराएका थिए । सचिवालयले जबरा र सर्वोच्च अदालतलाई पत्रमार्फत सो कुराको जानकारी गराएको थियो । 

प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको बारेमा एमालेले गम्भीर ध्यानाकर्षण गराएको छ । एमालेले पार्टीको बैठक बसेर त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १४:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया