प्रधानन्यायाधीशविरुद्धको महाअभियोग पास गर्न कति सांसद चाहिन्छ ?
फाइल तस्वीर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध अकस्मात संसद सचिवालयमा महाअभियोग पत्र दर्ता भएपछि यतिबेला पुनः राजनीतिक सरगर्मी तातिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसलाई ‘गम्भीर षडयन्त्र’को रुपमा ब्याख्या गरिसकेको छ । यद्यपि सत्तारुढ गठबन्धनका ९८ जना सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा भने महाअभियोग पत्र दर्ता भइसकेको छ । सो कुराको जानकारी संसद सचिवालयले पत्रमार्फत राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत र स्वयं जबरालाई दिइसकेको छ ।

महाभियोग संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १०१ अनुसार जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रतिरक्षा गर्न पाउनेछन् । उक्त समितिले बढीमा तीन महिनाको समय लिएर अनुसन्धान गर्न पाउने व्यवस्था नियमावलीको नियम १६३ को उपनियम ३ मा छ ।

कति चाहिन्छ सांसद संख्या ?

अहिले प्रतिनिधिसभामा २ सय ७१ सांसद छन् ।

त्यसमध्ये ४ जना सांसद कारबाहीमा परेर पद रिक्त छ । तर, ती ४ जनाको पनि संख्या गणना भने हुन्छ । संसदमा हाल एमालेको ९७, कांग्रेस ६१, नेकपा माओवादी केन्द्र सभामुखसहित ५०, नेकपा समाजवादी २४, जसपा १९ र लोसपाको १३  सिट छ । त्यस्तै जनमोर्चा, राप्रपा र नेमकिपाको १–१ सिट छ ।



महाभियोग पारित हुन १ सय ८१ सांसद आवश्यक पर्छ । एमालेबाहेक संसदमा १ सय ७४ मत मात्र पुग्छ । प्रधानन्यायाधीशविरुद्धको महाभियोग पास हुनका लागि सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा हुनुपर्छ । तर, एमालेले प्रधानन्यायाधीशमाथिको महाअभियोगलाई ‘गम्भीर’ भन्दै साथ नदिने संकेत गरिसकेको छ ।

यदि एमालेका केही सांसदले फ्लोर क्रस गरेको अवस्थामा महाअभियोग पारित हुनसक्छ । अन्यथा, गठबन्धनमा दुई तिहाईका लागि आवश्यक सांसद संख्या पुग्दैनन् ।



  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १४:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया