ए डिभिजन लिग : एनआरटी र हिमालयनले अंक बाँडे

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलाे खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टाेली गाेलरहित बराबरीमा राेकिएका हुन् ।
खेलको १९ औं मिनेटमा एनआरटीका सनम लिम्बूको क्रसमा स्टेफन समिरले  सुवर्ण अवसर पाए पनि नियन्त्रणमा लिन नसक्दा हिमालयनका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।

२५ औं मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठको फ्रिकिकलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए ।

५३ औं मिनेटमा आशिष गुरुङको प्रहारलाई गोलरक्षक अजितले पञ्च गर्दै बाहिर पठाउँदा हिमालयान अग्रता लिनबाट चुक्यो । 

याे नतिजासँगै एनआरटी १० खेलमा १४ अंकका साथ छैटाैं र हिमालयन समान खेलमा १२ अंक जाेडेर आठाैं स्थानमा यथावत छन् ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १५:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया