जनवरीमा बेपत्ता भएको जापानी एफ-१५ लडाकु विमानका पाइलटको शव भेटिएको छ । पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ । जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो ।
अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ । उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।