माधव नेपालसहित १४ सांसद हटाउन माग गर्दै परेको रिटको सुनुवाइ छिटो गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसद हटाउन माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको छिटो पेसी राखी सुनुवाइ अगाडि बढाउन आदेश दिएको छ । 

ओलीले दायर गरेको रिट (विवादित विषय)को महत्व र संवेदनशीलताका दृष्टिले छिटो छरितो सुनुवाइ हुन मनासिव देखिएको सर्वोच्चको ठहर छ ।  न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको आइतबारको संयुक्त इजलासले सो रिटको यथाशीध्र सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरी अर्को दल (नेकपा एकीकृत समाजवादी) दर्ताका लागि प्रमाणीकरण गर्न दिएको भन्दै ओलीले निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दिएका छन्। 

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दायर गरेको अर्को रिट पनि सर्वोच्चमा विचाराधीन छ। 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १७:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया