डेढ वर्षमा कोरोना नियन्त्रण र उपचारमा २३ अर्बभन्दा बढी खर्च

सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो ।

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ । २०७८ साउनदेखि पुस मसान्तसम्म उक्त खर्च भएको अर्थ मन्त्रालयले जनाएको हो । 

चालू आर्थिक वर्षको सुरुवाती ६ महिनामा संघले ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ, प्रदेशले १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ र स्थानीय तहले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा कूल १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थको तथ्यांकले देखाउँछ। अघिल्लो वर्ष संघमार्फत १० अर्ब ७३ करोड १८ लाख रुपैयाँ, प्रदेश मार्फत २ अर्ब २८ करोड ४७ लाख रुपैयाँ र स्थानीय तहमार्फत २९ करोड ७८ लाख रुपैयाँ खर्च भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ ।

विश्वमा पहिलोपटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १८:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया