कमल थापाको टिप्पणी : तीन स्वार्थ पूरा नहुँदा जबराविरुद्ध गठबन्धनको महाअभियोग प्रस्ताव

राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन स्वार्थका कारण सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

उनले एमसिसी पास गर्न, हत्या अभियोगबाट सभामुखलाई जोगाउन र नेकपा एसका सांसदको पद बचाउनको लागि गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाएका हुन् । 

थापाले महाअभियोग प्रस्ताव ल्याउनु गैर-जिम्मेवारी र वर्तमान राजनीतिभित्र रहेको चरम विकृतिको नमुना भएको पनि बताएका छन् ।

‘प्रन्यालाई हटाउनुपर्ने बेला चुपचाप बस्ने, अहिले एमसिसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस) को सांसद पद जोगाउने प्रपञ्चमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीतिभित्र रहेको चरम विकृतिको नमुना हो,’ थापाले फेसबुकमा लेखेका छन् । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार ८:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया