प्रिमियर लिग : बराबरीमा रोकिए लेस्टर र वेस्टह्याम

इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लेस्टर सिटी वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । गएराति किङ्ग पावर स्टेडियममा भएको खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेका हुन् । 

खेलको १० औं  मिनेटमा जारोड बोवेनले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ४५  औं मिनेटमा युरी टिलेम्यान्सले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए । 

५७ औं मिनेटमा रिकार्डो परेराले लेस्टरलाई २–१ ले अघि बढाए । थप गरिएको समयमा क्रेग डसनले गोल गर्दै वेस्टह्यामलाई २–२ को बराबरीमा ल्याए । यो बराबरीसँगै लेस्टर २२ खेलमा २७ अंकका साथ ११ औं तथा वेस्टह्याम २५ खेलबाट ४१ अंकका साथ चौथो स्थानमा छन् ।

लिगअन्तर्गत नै भएका अन्य खेलमा लिभरपुलले बर्नेली तथा न्युक्यासलले एस्टन भिल्लामाथि समान १-० को जित हात पार्दा उल्भ्सले टोटेनहमलाई २–० ले पराजित गर्‍यो । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार ८:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया