मलाइकासँगको सम्बन्धबारे बोले अर्जुन कपुर, के भने ?

बलिउड जोडी अर्जुन कपुर र मलाइका अरोडाबारे अहिले पनि निकै धेरै जिज्ञासा छन् । यो जोडीलाई अहिले पनि बारम्बार सोधिने प्रश्न हुन्छ- अब यो जोडीको विवाह कहिले हुन्छ ?

लामो समयसम्म आफूहरू प्रेममा रहेको पनि स्वीकार नगरेको यो जोडीले अब चाहिँ आफूहरू प्रेममा रहेको स्वीकार गर्न थालेको छ । तर, विवाहको विषयमा भने अहिलेसम्म यी दुई चुप नै छन्।

एक बच्चाकी आमा मलाइकाको यसअघि नै अरबाज खानसँग सम्बन्धविच्छेद भइसकेको छ भने अर्जुन कपुरले अब मलाइकासँगको आफ्नो प्रेमबारे खुलेर कुरा गर्न थालेका छन् ।

यहीबीच एक भारतीय मिडियालाई अर्जुनले आफ्नो प्रेमबारे व्यापक जवाफ दिएका छन् ।

‘अब त अहिले सुखदुःखको क्षणमा हामी दुई एक हुन थालेका छौँ,’ उनले भनेका छन्, ‘मलाइकाले मलाई जटिल समस्याको समयमा पनि साथ दिएकी थिइन्, छन् । त्यसैले म उनको विषयमा सधैं सकारात्मक हुन्छु ।’





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार ११:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया