कामु प्रधानन्यायाधीश कार्कीले बाेलाए सर्वाेच्चका न्यायाधीशहरूकाे बैठक

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बैठक बोलाएका छन् ।

न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कार्कीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरूलाई बैठकमा बाेलाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।

जबराविरुद्ध ९८ सांसदले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारूढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १२:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया