अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ । युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उनीहरूका बीचमा आइतबार फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

यस विषयमा कुराकानी गर्नका लागि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्किीलाई फोन गरेको ह्वाइट हाउसले जनाएको छ । रुसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ ।

अमेरिकाले रुसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ । यही कारण दर्साएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् ।

समाचार स्रोतहरूले अमेरिकाले किभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन् । तर, सो समाचारको स्वतन्त्र रूपमा पुष्टि हुन भने सकेको छैन ।

यसअघि देखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशहरूले पनि युक्रेनबाट आफ्ना कर्मचारीहरू फिर्ता लगेका छन् । उता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएको पनि समाचारमा जनाइएको छ । -सिन्ह्वा





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १३:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया