सिइओ क्लब ग्लोबलका सदस्यले कतार एयरवेजमा यात्रा गर्दा १० प्रतिशत छुट पाउने

सिइओ क्लब ग्लोबलका सदस्यहरूले कतार एयरवेजका जहाजमा यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । 

सिइओ क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झाैतापत्रमा साेमबार हस्ताक्षर भएसँगै सिइओ क्लब ग्लोबलका सदस्यहरूले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । 

त्यस्तै कतार एयरवेजले पनि सिइओ क्लब ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरूलाई सेवा दिन पाउने जनाइएको छ । 

सम्झौतापत्रमा सिइओ क्लब नेपाल च्याप्टरका तर्फबाट डा. शम्भु पोखरेल र कतार एयरवेजका तर्फबाट सरिक बोगटीले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा बोल्दै सिइओ क्लब ग्लोबल नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत डा. शम्भु पोखरेलले सम्झौता भएसँगै क्लबका नेपाल भित्रका सदस्यहरूले मात्रै गन्तव्यसम्म पुग्नका लागि सो सुविधा पाउने बताए

सिइओ क्लब ग्लोबल अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको संस्था हो । यस संस्थाको १०० भन्दाबढी देशमा नेटवर्क रहेको जनाइएको छ । निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरू, कूटनीतिक नियोगका प्रमुखहरू, उच्च सरकारी ओहोदाका व्यक्तिहरू सदस्य रहने यस क्लबमा विश्वभर १० हजारभन्दा बढी सदस्य रहेको बताइएको छ । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १३:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया