सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सभामुख सापकोटाको सचिवालयका अनुसार बैठक केहीबेर अघिमात्र सुरु भएको हो ।
सभामुखको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो । संघीय संसद सचिवालय सिंहदरबारमा अहिले बैठक जारी छ ।
प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग दर्ता गराएपछि राजनीतिमा नयाँ ट्विस्ट आएको छ । यसबारे छलफल गरेर निष्कर्ष निकाल्नका लागि एमाले संसदीय दलको बैठक जारी छ ।
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा भने एमालेले आफ्नो उपस्थिति जनाएको छैन । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो दिनदेखि नै अवरोध गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।