मुख्यमन्त्री राउतले गरे प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रकाे उद्घाटन

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामस्थित मुजेलियामा स्थापना गरिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन गरेका छन् । 

विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र मधेस प्रदेशको पहलबाट मात्रै प्रदेशको मातहतमा आएसँगै सातवटै प्रदेशमा प्रदेश मातहतमा आएको हो ।

गत पुस २८ गते मधेस प्रदेश सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको थियो । सर्लाही निवासी अन्सारीले युएनमा काम गरिसकेका छन् । 

विगतको पञ्चायतकालमा स्थापना भएको पञ्चायत प्रशिक्षण केन्द्रको रूपमा सञ्चालित यो कार्यालय केन्द्र सरकारको मातहतमा हुँदा क्रियाकलापविहीन रहेको थियो । अब उपरान्त यस कार्यालयले प्रदेश विकासमा अहम भूमिका खेल्ने विश्वास मुख्यमन्त्री राउतले व्यक्त गरेका छन् ।

जनकपुरधामस्थित मुजेलियामा स्थापना गरिएको यस कार्यालयमा प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धि गर्ने बताइएको छ । 

यो निर्देशनालय मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ । यस पदका लागि ३ जना प्रतिस्पर्धीहरू सिफारिस भएका थिए । 



प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवम् निर्वाचित जनप्रतिनिधिहरूको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत प्रदेश सरकारको एउटा स्वायत्त संस्थाको रूपमा प्रदेश प्रशिक्षण प्रतिष्ठानको स्थापना गरिएको छ ।



  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १६:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया