कोरोनाको २४ लाख खोप हिनामिनाको प्रतिवेदन स्वास्थ्यमन्त्रीलाई बुझाइयो

स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले हराएको भनिएको २४ लाख मात्रा खोपबारेको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बुझाएको छ ।

मन्त्रालयले १२औं तहका विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडालाई बुझाएको हो । प्रतिवेदन केही दिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

खोप हराएको भन्दै चौतर्फी प्रश्न उठेको थियो । मन्त्री खतिवडाले भने खोप हिनामिना नभएको र तथ्यांक संकलनमा तलमाथि भएको बताउँदै आएका छन् । 

एमालेनिकट युवा संघले मन्त्री खतिवडाले खोप हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १७:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया