भीम रावल र घनश्याम भुसालले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्

नेकपा एमालेको संसदीय दलको बैठकमा सो पार्टीले आफ्ना सांसदलाई ६ वटा छुट्टाछुट्टै कागजमा हस्ताक्षर गर्न लगाएको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावको विषयमा छलफल गर्न बसेको बैठकमा हस्ताक्षर संकलन भए पनि केन्द्रीय सदस्यद्वय भीम रावल र घनश्याम भुसालले भने हस्ताक्षर गर्न मानेनन् ।

अध्यक्ष ओलीको निर्देशनमा सर्वोच्चका अरु ४ न्यायाधीशविरुद्ध महाअभियोग ल्याउँदा र सभामुख सापकोटाविरुद्ध महाअभियोग ल्याउँदा पनि काम लाग्न सक्ने भन्दै एमालेले हस्ताक्षर संकलन गरेको हो । 

बैठकमा त्यो हस्ताक्षर किन संकलन गरिएको हो भन्नेबारे जानकारी नदिइएपछि रावल र भुसालले हस्ताक्षर गर्न नमानेका हुन् । उनीहरुले आफ्नो हस्ताक्षर दुरुपयोग हुने भन्दै हस्ताक्षर गर्न नमानेका हुन् ।





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १७:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया