एमाले बैठकमा भीम रावलले यसरी राखे फरक मत

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग सम्झौता एमसिसी सम्झौताबारे पार्टीमा गम्भीर छलफल हुनुपर्ने माग गरेका छन् । 

सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको बैठकमा रावलले सो माग राखेका हुन् । 

बैठकमा उनले महाअभियोग लागेर निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नबोक्न पनि आग्रह गरेका थिए । 

यद्यपि, बैठकले रावलको मागभन्दा फरक निर्णय गरेको छ । प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई षड्यन्त्रको संज्ञा दिँदै एमालेले सो प्रस्ताव असफल बनाउने निर्णय गरेको छ । 

 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १८:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया