सर्वदलीय बैठक : संसद खुलाउन एमालेलाई मनाउन पहल गर्ने

सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा संसद सूचारु गराउन गम्भीर पहल गर्ने सहमति भएको छ । 

प्रमुख प्रतिपक्षी दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भीर पहल गर्ने महत्वपूर्ण सहमति गरिएको सभामुख सापकोटाले जानकारी दिए । 

सभामुख अग्नि सापकोटाले दलहरूबीच सहमति भएर आएमा अमेरिकी सहयोग परियोजना एमसिसीमा आफू बाधक नबन्ने बताएका छन् । 

सोमबार सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख सापकोटाले आफू अम्पायरको भूमिका रहेकाले दलहरूले सहमति गरे सो परियोजना संसदमा टेबल हुन नरोक्ने बताएका छन्। 

आजको बैठकमा दलहरूले एमसिसीबारे राखेका धारणालाई आफूले निष्पक्ष रूपमा सुनेको र संसद सुचारू भएपछि यसको प्रक्रिया अघि बढ्ने उनले बताएका हुन्।

बैठकमा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीबारे धारणा राखेका थिए। उनीहरुले एमसिसी संशोधन गर्नुपर्नेमा जोड दिएका थिए । 



एमसिसीबारे अहिले नै टुंगो नभए पनि संसदमा अघि बढाउनेबारे छलफल गर्ने सहमति बनेको छ । बैठकमा सहभागी नरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्ता गठबन्धनको सामूहिक धारण आउनुपर्ने माग राख्दै आएको छ । 

आजको सर्वदलीय बैठकमा संसद खुलाउन एमालेलाई मनाउन सबै दलले पहल गर्ने सहमति भएको छ । 



  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १८:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया