विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छिन् । सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यस्तो धारणा राखेकी हुन् । 

असीमित आवश्यकतालाई सीमित साधन–स्रोतले पूरा गर्नुपर्ने भएकाले प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने मन्त्री झाँक्रीको भनाइ थियो । 

विकास आयोजनाको नाममा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुसी बनाउनुपर्ने अवस्थाले देशको विकास हुन नसक्ने उनले बताइन् । उनले भनिन्, ‘चाहे संघीयता ल्याऊँ, चाहे वित्तीय हस्तान्तरण गरौँ । चाहे सरकार दिऊँ, चाहे हरेक कुरा गरौँ । यो हुन सक्ने काम हुँदै होइन ।’

स्थानीय तहलाई पर्याप्त रूपमा वित्तीय हस्तान्तरण भएको उल्लेख गर्दै उनले गाउँपालिका र नगरपालिकाले आफैँलाई सरकारको रूपमा अभ्यास गरिरहेको बताइन् । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार २०:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया