‘ए’ डिभिजन लिग : आजबाट ११ औं चरणका खेल

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ११ औं चरण आजबाट सुरु हुँदैछ । यो चरणको पहिलो दिन हुने दुवै खेल दिउँसो १ बजे सुरु हुने छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रेलिगेसन क्षेत्रका ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

दुवै टोली जित निकाल्दै रेलिगेसन क्षेत्रबाट बाहिर निस्कने लक्ष्यका साथ मैदान उत्रिने छन् । १० खेलबाट ब्रिगेड ६ अंकका साथ १३ औं तथा च्यासल पाँच अंक जोडेर अन्तिममा छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अर्को खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।

दुवै टोलीलाई रेलिगेसन खतरा कम गर्न यो खेल जित्नैपर्ने दबाब छ । समान १० खेलबाट नौ अंकका साथ जावलाखेल ११ औं स्थानमा रहँदा फ्रेन्ड्स ६ अंक जोडेर १२ औं स्थानमा छ । 





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार ८:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया