१६ फेब्रुअरीमा रूसी आक्रमण हुन सक्छ : युक्रेनी राष्ट्रपति
फाइल तस्वीर

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा १६ फेब्रुअरीमा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।

जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, 'हामीलाई भनिएको छ कि १६ फेब्रुअरीमा आक्रमणको दिन हुनेछ' उल्लेख गरेका छन् । उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यससम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।

रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नेटोका सहयोगीबीच चिन्ता  र तिक्तता बढाएको छ । तर, रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेन, रुस र नेटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तीव्रता दिँदै आएका छन् । तर, वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा 'छिटो र गम्भीर लागत' लाग्ने बताएका थिए ।

बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि 'अब कुनै पनि दिनस' आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १५:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया