मधेस सरकारको मुख्य उपलब्धिमा मोदी र आदित्यनाथको भ्रमण पनि

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत् महत्त्वपूर्ण काम गरिरहेको बताएका छन् ।

मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, बिसंगतिलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको बताएका हुन् ।

उनले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताए । यस अवधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायतका महत्वपूर्ण कामहरु गरिएको उनले उल्लेख गरे ।

उनले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफल भ्रमण गराउनु र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धि भएको उल्लेख गरे ।

मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत् ल्याइएका नीति, कार्यक्रम र योजनालाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए । मधेश प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १५:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया