मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनीष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत मनीष अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो ।
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मनीषलाई शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको च्यासल युथ क्लबविरुद्धको खेलमा गम्भीर चोट लागेको थियो ।
च्यासलका केचा यान्निकसँग जुध्न पुग्दा उनी ६६ औं मिनेटमा मैदानमै बेहोस भएर ढलेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो । प्राथमिक उपचारपछि रंगशाला नजिकैको ब्लु क्रस अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।
यो खेलमा विमल घर्तीमगर र सुनिल बलले गोल गरेपछि मछिन्द्र २–० ले विजयी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।