ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा जावलाखेलले फ्रेन्ड्ससँग अंक बाँड्यो

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निकै रोमाञ्चक बनेको खेल ३–३ को बराबरीमा सकिएको हो । तीन गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाँड्न बाध्य बन्यो ।

जावलाखेलका लागि लोइक एनजिमीले दुई तथा रूपबहादुर लामाले एक गोल गर्दा फ्रेन्ड्सका लागि नाथानिल जुडे गार्सियाले दुई तथा जमोल एन्थोनी फ्रेन्कोइसले एक गोल गरे ।

खेलको ११ औं मिनेटमा एनजिमीले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा एनजिमीले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

४३ औं मिनेटमा रूपबहादुरले गोल गर्दै जावलाखेललाई ३–० ले अघि बढाए । पहिलो हाफको थप गरिएको समयमा गार्सियाले फ्रेन्ड्सलाई ३–१ को अवस्थामा ल्याए ।६८ औं मिनेटमा फ्रिकिकमार्फत गार्सियाले व्यक्तिगत दोस्रो गोल  गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । दोस्रो हाफको थप गरिएको समयमा फ्रेन्कोइसले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकिएको हो ।

यो नतिजासँगै जावलाखेल ११ खेलमा १० अंकका साथ ११ औँ तथा फ्रेन्ड्स ७ अंकका साथ १२ औं स्थानमा यथावत छन् ।



त्यस्तै, एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले गोल रहित बराबरी खेलेका छन् ।

यो नतिजासँगै रेलिगेसनको दबाबमा रहेका ब्रिगेड ११ खेलमा ७ अंकका साथ १३ औं र ६ अंक जोडेको च्यासल अन्तिम स्थानमा यथावत छन् ।



  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १५:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया