वैदेशिक सहयोगले हस्तक्षेप निम्त्याउन हुँदैन : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  वैदेशिक सहयोगले हस्तक्षेप निम्त्याउन नहुने बताएका छन् । संसदको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा उनले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गर्नुपर्ने बताएका हुन् । 

अध्यक्ष मितिल्सिनाले वैदेशिक सहयोगबारे मुलुकमा बहस भइरहेको कुरा उठाएका थिए ।  ‘विदेशी सरकार, विदेशी संघसंस्थाबाट पाइने सहयोग भन्ने कुरामा यो धेरैपटक छलफल, बहस हुने गर्छ,’ कुनै सहयोगको नाम नलिइ उनले भने, ‘हामीले विकसित, सम्पन्न राष्ट्र भन्नेले पनि लिने दिने गर्छ । त्यसकारण त्यस्तै हिसाबले मात्रै सोचेर लिनै हुन्न भन्नेतिर गएर बढी क्रान्तिकारी हुने नाममा आफैँलाई भोलि सीमाले बाँधिने पनि हुनुहुँदैन ।’

वैदेशिक सहयोगबारे सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘त्यही बहानामा हामीमाथिको हस्तक्षेप र अरु खालले हामीलाई उनीहरूले नै गाइड गरेर हाम्रा गोपनीयता पनि लाने, हामीलाई पूरै उनीहरूले चलाउने त हुनुहुँदैन ।’

विभिन्न वैदेशिक संघ–संस्थाबाट नेपालमा सरकारलाई थाहै नभई सहयोग आउने र त्यसबाट मुलुकको विकास नहुने गरेको तिमिल्सिनाको भनाइ थियो । वैदेशिक सहयोग ल्याउने मामिलामा कडा खालका कानुन बनाउनुपर्ने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १८:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया