एलपीएल प्रतियोगिता : एभरेस्ट र गुरुकुल विजयी

कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय यु–१९ टि–ट्वान्टी क्रिकेट प्रतियोगिता ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’अन्तर्गत दोस्रो दिनका खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इङ्ग्लिस स्कुल लम्कीले विजयी सुरुवात गरेका छन् । मंगलबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इङ्ग्लिस स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्यो ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेट क्षतिमा भेटायो । एभरेस्टको ब्याटिङमा २८ बलको सामना गरेका योगेश भाटले ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन जोडे ।

उसका लागि सन्दीप बिष्टले १२ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १०.६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो । होलिल्याण्डका सन्दीप औजीले १६ तथा अभिषेक पालले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।

एभरेस्ट एकेडेमीका लेग स्पिनर कृश ऐरले सर्वाधिक ५ विकेट लिए । १ मेडन ओभरसहित ३ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए । यस्तै गोविन्द बिष्टले दुई तथा दीपक रोकायाले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृश ऐर घोषित भए । उनले दुई हजार रुपैयाँ प्राप्त गरे ।

मंगलबार सम्पन्न दोस्रो खेलमा गुरुकुल इङ्ग्लिस स्कुल लम्कीले स्टेपिङ स्टोन स्कुल धनगढीलाई पराजित गर्यो । गुरुकुलले दिएको १८६ रनको लक्ष्य पछ्याएको स्टेपिङ स्टोनले १५.५ ओभरमा अल आउट हुँदै ५६ रन मात्रै बनाउन सक्यो ।

स्टेपिङ स्टोनको लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए। गुरुकुलका बलर समीर रानाले तीन विकेट लिए भने बसिर अहमद र विशाल केसीले समान दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १८५ रन बनाएको थियो ।



गुरुकुलको ब्याटिङमा नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी समेत रहेका बशिर अहमदले सर्वाधिक ४१ रन बनाए जुन । उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै टिमका लागि सर्वाधिक रन जोडे । यस्तै य–१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनालले ३९ र विशाल विक्रम केसीले ३७ रन बनाए । दिनेश अधिकारीले १६ र कृश कार्कीले १५ रन योगदान दिए । स्टेपिङ स्टोनका बलर सागर भण्डारीले दुई विकेट तथा अभिषेक कुँवर, वीरेन्द्र चन्द र दिनेश ओडले समान एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच बशिर अहमद घोषित भए जसले दुई हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा १० विद्यालय टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १० विद्यालय टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १९:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया