क्यानडाका प्रधानमन्त्रीको कडा आदेश : आन्दोलनकारीको बैंक खाता रोक्का हुन सक्ने

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कडा आदेश जारी गरेका छन् । प्रधानमन्त्री ट्रुडोले संकटकालसहितको विशेष आदेश जारी गरेको बिबिसीले जनाएको छ । 

कोरोना खोप अनिवार्य गरेको विरोधमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न संकटकाल घोषणा गरे पनि प्रभावकारी नभएपछि उनले नयाँ आदेश जारी गरेका हुन् । यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेसहित दुईपटक मात्र जारी गरिएको छ । 

यो आदेशअनुसार आन्दोलनमा सहभागीहरूको बैंक खाता फ्रिज समेत गर्न सकिन्छ । अदालतको आदेशविनै प्रदर्शनकारीलाई जेल र जरिबाना गर्न सक्ने आदेश अस्थायी रहेको र विशिष्ट रूपमा प्रयोग हुने प्रधानमन्त्री ट्रुडोले बताए । 

क्यानडाको राजधानीमा ट्रक चालकको आन्दोलनका कारण जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार २०:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया