दैलेखको महाबुमा जिप दुर्घटना, एकजनाको मृत्यु ८ घाइते

दैलेखको महाबु गाउँपालिका ४, फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दैलेख बजारदेखि गढिगाउँ जाँदै गरेको वाग्मती प्रदेश ०१ ०२६ च ५२६४ नम्बरको जिप फागुमा दुर्घटना भएको हो ।

जिप दुर्घटनामा गढिगाउँका ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर शाहका अनुसार जिप सडकभन्दा १ सय मिटर तल खसेको छ । साँझ करिब साँढे ६ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । मृतक हमाल शिव आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

दुर्घटनामा जैकला शाही (३८), आरती शाही (९), मनीषा सिंह (२५), रामबहादुर शाही (६३), गाडी साहु डल्लु वन (४५), मिठु सिंह (२६) र गाडी चालक समरबहादुर चन्द (३०) र राजेश हमाल (३९) घाइते भएको प्रहरीको भनाइ छ । 

घाइतेको उद्धार गरी उपचारका लागि महाबु अस्पताल र जिल्ला अस्पताल दैलेख पठाइएको छ । जिप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी प्रमुख शाहले सुनाए ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार २१:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया