टि-२० विश्वकप ग्लाेबल छनाेटका लागि नेपाली टाेली घाेषणा

ओमानमा हुने आइसिसी पुरुष टि-२० विश्वकप ग्लाेबल छनाेटका लागि नेपाली टाेली घाेषणा भएकाे छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय टाेली घाेषणा गरेकाे हाे ।

क्यानले घाेषणा गरेकाे टाेलीमा चारदेशीय टि-२० सिरिज खेलेका कुशल मल्ल, साहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिदाँ करण केसीकाे स्थानमा माैका पाएका गुल्सन झा भने अटाएका छन्।  

गुल्सनले पहिलाेपटक टि-२० राष्ट्रिय टाेलीमा स्थान बनाएका हुन् ।

नेपाली टाेली :

सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, आरिफ शेख, कुशल भुर्तेल, अविनाश बोहरा, आसिफ शेख, कमलसिंह ऐरी, विवेक कुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा



वैकल्पिक खेलाडी :

प्रदिप ऐरी, कुशल मल्ल र सहाव आलम



ग्लोबल छनोट ‘ए’मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी  छन् । खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म हुनेछन् ।

समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

नेपालले १८ फेब्रुअरीमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने आयोजक ओमानविरुद्धकाे खेलबाट छनाेटकाे सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमरेत क्रिकेट मैदानमा १९ फेब्रुअरी र समूह चरणकाे तेस्रो तथा अन्तिम खेल २१ फेब्रुअरीमा क्यानडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ। 

समूहकाे खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरू २२ फेब्रुअरीमा हुनेछन् । फाइनल २४ फेब्रुअरीमा ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ । 

फाइनल प्रवेश गर्ने दुवै टोलीले अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आइसिसी पुरुष टि-२० विश्वकप खेल्ने छन् ।

  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ६:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया