नेपाल राष्ट्र बैंकले आज (बुधबार)को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २४ पैसा र बिक्री दर १२० रुपैयाँ ८४ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ९५ पैसा र बिक्री दर १६३ रुपैयाँ ७६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८२ पैसा र बिक्री दर ८६ रुपैयाँ २५ पैसा तोकिएको छ। क्यानडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ०५ पैसा छ।
कुन देशकाे कति ?:
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।