उदयपुरमा टिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका-७ का १९ वर्षीय उज्जवल खपांगी रहेका छन् ।
बालुवागिटी बोकेर नेपालटारबाट कोल्टेतर्फ जाँदै गरेको स १ क १९० नम्बरकाे को टिपर हाडेबास चिउरीबासमा मंगलबार साँझ दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी गम्भीर घाइते भएका खपांगीकाे जिल्ला अस्पताल गाईघाटमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घाइते हुनेहरूमा चालक सप्तरी जिल्लाको कल्याणपुर नगरपालिका-२ का २९ वर्षीय उमेशकुमार चौधरी, १७ वर्षीय युवराज खपांगी र २४ वर्षीय भरत खपांगी रहेका छन् ।
घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।
अचानक ब्रेक फेल भई टिपर सडकदेखि ४० मिटर तल खसेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।