एमसिसीको विरोधमा सुर्खेतमा र्‍याली

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा सुर्खेतमा र्‍याली निकालिएको छ ।

वीरेन्द्रनगरको मंगलगढी चोक र बजार क्षेत्रमा र्‍याली निकालिएको हो ।

नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सुर्खेतमा र्‍याली निकालिएको छ । र्‍यालीमा करिब दुई सयको हाराहारीमा नेता तथा कार्यकर्ताहरू सहभागी छन् । 

पाँचदलीय गठबन्धनको आह्वानमा नेपाल बन्दको आह्वान गरिएको र सबै पार्टीका कार्यकर्ताहरू र्‍यालीमा जोडिने क्रम जारी भएको युवा संघ नेपाल कर्णालीका अध्यक्ष अनिल बोगटीले जानकारी दिए । 

एकीकृत समाजवादी कुनै पनि हालतमा एमसिसीसँगको सम्झौताको विरोधमा रहेको र यसको विरोधमा पार्टीले निरन्तर संघर्ष गर्ने बाेगटीले बताए ।

आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।



सुर्खेतमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडकहरूमा सुरक्षा दिइरहेको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले लामो दुरीमा स्कटिङ गरेर नागरिकहरूलाई गन्तव्यमा पठाउने गरिएको जनाएको छ ।


 



  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १२:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया