कतारमा श्रमशोषणका घटनाहरू बढ्दै

पछिल्लो समय कतारमा श्रमशोषणका घटनाहरूमा वृद्धि भएको छ ।

विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूविरुद्ध श्रम मन्त्रालयमा २ हजारभन्दा बढी श्रमिक उजुरी परेकाे मन्त्रालयले जनाएकाे छ ।

हालैका महिनाहरूमा काम गर्ने घण्टा, तलब, र अन्य धेरै उल्लंघनका घटनाहरूमा थप वृद्धि हुन थालेसँगै मन्त्रालयमा उजुरी बढेकाे हाे ।

पत्रकार बेन्जामिनले ट्विट गर्दै कर्निचे परियोजनामा काम गर्ने नेपाली कामदार र उनका केही सहकर्मीहरूले चार महिनादेखि तलब नपाएको बताएका छन् ।

यस्तो भएको यो पहिलो पटक भने होइन । यसअघि मन्त्रालयले अनुसन्धान थालेको र कम्पनीहरूलाई जरिवाना गरेको तर, श्रम सुधारका बाबजुद पनि यस्ता उल्लंघन बारम्बार हुँदै आइरहेका छन् ।

बेन्जामिनका अनुसार कतिपय कम्पनीहरूले उनीहरूको शोषण गर्न कमजाेरी फेला पार्छन् वा उनीहरूलाई उनीहरूको पूर्ण अधिकारबाट रोक्न रणनीति प्रयोग गर्ने गर्दछन् ।
 





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १३:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया