पर्यटन बोर्डका सिइओलाई पुनर्बहाली नगरेको भन्दै सर्वोच्चले माग्यो स्पष्टीकरण

नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीलाई पुनर्बहाली नगरेको भन्दै सर्वोच्च अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सात दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ । 

सिइओ रेग्मीले अदालतको आदेशबमोजिम आफूलाई पुनर्बहाली नगरेको भन्दै सवोच्चमा मुद्दा दायर गरेका थिए । अदालतको अवहेलनासम्बन्धी सो मुद्दामा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलाशले बुधबार यस्तो आदेश जारी गरेको हो । 

पर्यटनमन्त्री प्रेम आलेले रेग्मीलाई हटाउन बोर्डको सञ्चालक समितिलाई निर्देशन दिएका थिए । सोविरुद्ध रेग्मी अदालत गएका थिए । 





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १८:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया