ए डिभिजन लिग : बराबरीमा रोकिए थ्रीस्टार र पुलिस

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा थ्रीस्टार र विभागीय टोली नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जोगाउन नसक्दा थ्रीस्टार अंक बाँड्न बाध्य बन्यो । खेलको २१औँ मिनेटमा रितिककुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले हेमन्त थापा मगरको क्रसमा सन्जोक राईले हेडरमार्फत मिलाइदिएको बललाई पोस्टको दिशा दिएका हुन् ।

५१औँ मिनेटमा तेज तामाङको फ्रिकिकमा सुमन सुवेदीले पुलिसका लागि बराबरी गोल फर्काए । 

यो नतिजासँगै ११ खेलमा १८ अंक जोडेको थ्रीस्टार चौथो तथा समान खेलबाट ११ अंकका साथ पुलिस १०औँ स्थानमा यथावत् छन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १८:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया