एमसिसी पारित नभए देशको विश्वनीयता नै रहँदैन : निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि एमसिसी संसदबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले एमसिसी पारित नभए देशको विश्वनीयता नै नरहने भएकाले पारित गराउनुपर्ने बाध्यता रहेको बताए । 

एमसिसीमा माओवादी र एकीकृत समाजवादी पनि सहमत हुने विश्वास गर्दै उनले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसिसीका पक्षमा देखाएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’

एमसिसी बिजुलीको प्रसारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गर्दै उनले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको बताए ।

लोकतन्त्रमा सरकारले गर्ने निर्णयको उत्तराधिकारी सरकारले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने भएकाले यसलाई वर्तमान सरकारले पारित गराउन चाहेको उल्लेख गर्दै नेता निधिले एमसिसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने जिकिर गरे। 

पार्टीभित्रका सबै आन्तरिक कुरालाई बिर्सेर आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जुट्न उनले नेता–कार्यकर्तासँग आग्रहसमेत गरे ।  





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार २१:६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया