आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश–१ को पहाडी भू–भागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको हो ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  आज राति सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  आंशिक प्रभाव रहेको छ ।

हाल पनि बिहान र बेलुकाको समयमा चिसो कायमै रहेकाले त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविदले अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ६:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया