वेस्ट इण्डिजविरुद्ध भारत ६ विकेटले विजयी
फरकधार / ५ फागुन, २०७८

पाहुना टोली वेस्ट इण्डिजविरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको छ । गएराति भएको खेलमा वेस्ट इण्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।



उसका लागि कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५, सूर्यकुमार यादवले ३४, वैंकटेश अय्यरले अविजित २४ र विराट कोहलीले १८ रन बनाए । वेस्ट इण्डिजको लागि रोस्टन चेसले दुई, फाबियन आलेन र सेल्डन कोट्रेलले एक/एक विकेट हात पारे ।

त्यसअघि कोलकाताको इडेन गार्डन मैदानमा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि विकेटकीपर निकोल पूरनले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच छक्का र चार चौकासहित ६१ रन बनाए ।



त्यस्तै, कायल मेयर्सले ३१, कप्तान कायरण पोलार्डले अविजित २४ र अकिल होसेनले १० रनको योगदान दिए । भारतका रवि विश्नोई, हर्षल पटेलले दुई/दुई, भुवनेश्वर कुमार, युजवेन्द्र चहल, हर्षल पटेल र दीपक चाहरले एक/एक विकेट हात लिए ।



यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको । यी दुई टोलीबीचको दोस्रो टी–२० म्याच शुक्रबार हुनेछ ।  

  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ७:४:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया