‘ए’ डिभिजन लिगमा आज ११ औं चरणका अन्तिम दुई खेल

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । बिहीबार लिगको ११ औं चरणअन्तर्गतको अन्तिम दुई खेल हुन लागेका हुन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

१० खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा रहेको मनाङ एपिएफलाई हराएर त्यसलाई यथावत राख्न चाहन्छ । लिग उपाधि मछिन्द्रले जितिसकोले मनाङ दोस्रो स्थानमा रहेर लिग अन्त्य गर्ने प्रयासमा हुनेछ ।

१० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको एपिएफ पनि मनाङलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । दिउँसो १ बजे नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र न्युरोड टिम (एनआरटी) भिड्ने छन् ।

दुवै टोली आज जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं तथा समान खेलबाट १४ अंकका साथ एनआरटी सातौं स्थानमा छन् ।





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ७:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया