एलपिएल प्रतियाेगिता : होलिल्यान्ड र लिटल फ्लावर विजयी

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालयस्तरीय अन्डर–१९ क्रिकेट प्रतियोगितामा होलिल्यान्ड इंग्लिस स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् । 

धनगढीको संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा होलिल्याण्ड इंग्लिस स्कुल अत्तरियाले शारदा सरस्वती स्कुललाई २ विकेटले पराजित गर्यो ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वती स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो । शारदा सरस्वतीले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षतिमा १६.२ ओभरमा भेटायो । होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा सञ्जय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतीका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले समान दुई विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वतीले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । उसका लागि विकास सुनारले सर्वाधिक ११ रन तथानिरज तेजचन्द र मिलन बोहराले समान १० रन बनाए । 

होलिल्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तीन विकेट तथा अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए । 

खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे । दिनको दोस्रो खेलमा आयोजक लिटल फ्लावर स्कुलले स्टेपिङ स्टोन धनगढीलाई ७१ रनले पराजित गर्यो । 



लिटल फ्लावरले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिङ स्टोनले निर्धारित २० ओभरमा ७विकेट क्षतिमा ९१ रन मात्र बनाउन सक्यो ।

स्टेपिङ स्टोनको ब्याटिङमा आयुब चन्दले सर्वाधिक ३२ रन तथा विशाल विष्ट र भूपेश जोशीले समान १४ रन बनए । लिटल फ्लावरका बलर अनुराग सिंहले दुई विकेट तथा प्रकाश जैसी, सुवास ऐयर र नरेन भट्टले समान एक विकेट लिए । 



यसअघि टस हारेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १६२ रन बनाएको थियो । लिटल फ्लावरको ब्याटिङमा ओपनर सुवास ऐरले सर्वाधिक ६७ रन बनाए जुनक्रममा ८ चौका र ४ छक्का प्रहार गरे । 

यस्तै, अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडूले समान १२ रन बनाए । स्टेपिङ स्टोनका बलर वीरेन्द्र चन्द र आयुब चन्दले समान दुई विकेट तथा दिनेश ओडले एक विकेट लिए ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १८:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया