राष्ट्रिय प्रजातन्त्र दिवस : प्रदेश सरकारले तीन दिनसम्म दीपावली गरेर मनाउने

कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दीपावली गर्ने निर्णय गरेको छ । यस्तै, प्रदेशवासीका घर–घरमा पनि दीपावली गरेर प्रजातन्त्र दिवसलाई भव्य बनाउन प्रदेश सरकारले अनुरोध गरेको छ ।   

यस्तै, प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको प्रमुख सचिव राजकुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै, स्थानीय प्रशासनसँगको सहकार्यमा शनिबार वीरेन्द्रनगर–४ स्थित सहिदपार्कमा मुख्यमन्त्री, सरकारका मन्त्री, कर्मचारी र सरोकारवालाको उपस्थितिमा सरसफाइ कार्यक्रमको आयोजना गर्ने निर्णय पनि भएको छ ।





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १९:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया