देउवालाई भीम रावलको प्रश्न - जीएमआर कम्पनीलाई दुई वर्ष म्याद थप किन ?

नेकपा एमाले नेता भीम रावलले भारतीय कम्पनी जीएमआरको म्याद थप गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

माथिल्लो कर्णाली परियोजनाको विकासकर्ताका रूपमा रहेको जीएमआरको म्याद सरकारले दुई वर्ष थप गर्न लागेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

उनले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री देउवाबाट सम्झौता विपरीत जीएमआर कम्पनीलाई दुई वर्ष म्याद किन थप्न लागेको भन्दै प्रश्न गरेका छन् ।

उनले १४ वर्षदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरलाई थप समय दिनु राष्ट्रिय हित र सम्झौताका प्रावधान विपरीत हुने बताए ।

रावलले जीएमआरले आयोजना नबनाउने र केवल ओगटेर नेपालको ऊर्जा विकासमा अवरोध सिर्जना गरेको आरोप लगाए ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा जीएमआरलाई थप समय दिनु राष्ट्रिय हितमाथिको कुठाराघात हुने पनि उनको भनाइ छ ।



 



  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १९:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया